सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

२८ असोज, काठमाडौँ । साताको कारोबार अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार १ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रति तोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रति तोला १ हजार १८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। विहिबार चाँदी प्रति तोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको थियो।

[sidebar name="button post"]