२५ असोज, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९५ हजार २००रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ हजार २ सयले घटेर प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनिप्रतितोला १५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
[sidebar name="button post"]









