उकालो लाग्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२३ असोज, काठमाडौं । बडादशैँ सकिएसँगै सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दशैँ अगि प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको सुन पहिलो कारोबार दिन आज आइतबार तोलामा तीन हजार रुपैयाँले बढेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छ ।

यता तेजाबी सुन प्रतितोला भने ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँ बढेर एक हजार २५५ रुपैयाँमा करोबार कारोबार भएको छ । दशैँ बिदा अगाडी चाँदी तोलाको एक हजार १७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

[sidebar name="button post"]