आज सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

१२ असोज, काठमाडौँ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार (हिजो) छापावाल सुन तोलाको ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेर कारोबार भइरहेको छ । मंगलबार तोलाको एक हजार १५० मा कारोबार भएको चाँदी आज एक हजार १४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

[sidebar name="button post"]