धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अकंले उकालो लागेर दुई हजार ४३.९२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६९ अंकले उकालो लागेर ३८८.९१ मा पुगेको छ ।
कूल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर रु दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
आजको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १५ अर्ब १५ करोड १९ लाख ७० हजार ३३६ बराबर पुगेको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड ७२ लाख ८० हजार ३३० बराबरको कारोबार भयो ।
यस्तै लाइफ इन्स्युरेन्स कर्पोरेशन रु ११ करोड ५३ लाख ४६ लाख ४७७, सिभिल बैंक रु १० करोड ५४ लाख ३६ हजार २३८, हिमालयन डिस्टिलरी रु नौ करोड २६ लाख ७१ हजार ७५३ र माथिल्लो तामाकोसी रु आठ करोड ६९ लाख २१ हजार ४७४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।









