Ad #144479

१५ फाल्गुन, काठमाण्डौ। सुनको मूल्य साताकाे पहिलाे दिन आइतबार प्रतितोलमा एक हजार ४०० रुपैयाँको दरले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।