Ad #144479

१ फाल्गुन, काठमाण्डौ। फाल्गुन महिना लागेको पहिलो दिनमा नै नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ५ सयले बढेर प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रति तोला १ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य २० रुपैयाँले बढेको हो। शक्रबार चाँदीको प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो।