सुनको मूल्य तोलामा सय रुपैयाँले बढ्यो

१८ माघ, काठमाण्डौ। सुनको भाउ मंगलबार प्रतितोला सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ भने स्थिर छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही भाउमा निर्धारण भएको छ ।

[sidebar name="button post"]