१ सय ५ अङ्कले बढेको शेयर बजारमा हरियाली

१६ माघ, काठमाण्डौ। साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक १०५.५५ अङ्कले बढेर २ हजार ८८५.५३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको १ करोड ३१ लाख ५५ हजार ४३२ कित्ता शेयर खरिद बिक्री हुँदा ६ अर्ब ३२ करोड ४२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको २६ करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय ४६ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : नेपाल दुरसंचार कम्पनी र हाइड्रो इलेक्ट्रिसिटि एण्ड डेभलपमेन्टको कारोबार भएको छ ।

आज सबैभन्दा बढी विन लघुवित्त वित्तीय संस्था र लिबर्टी इनर्जीका लगानीकर्ताले कमाएका छन् भने मन्जुश्री फाइनान्स ऋणपत्र र एनआइसी एशिया सेलेक फण्डका लगानीकर्ताले अधिक गुमाएका छन्।

[sidebar name="button post"]