९ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

१४ माघ, काठमाण्डौ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य ह्वातै घटेको छ। शुक्रबार छापावाला सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहिबार प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य दुई दिनमा १८ सयले घटेको छ।

चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ६५ रुपैयाँ क्कयम भएको छ। चाँदी प्रति तोला २५ रुपैयाँले घटेको हो। बिहिबार चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५ पैसा कायम भएको छ ।

[sidebar name="button post"]