३० पौष, काठमाण्डौ। पौष महिनाको अन्तिम दिन अर्थात् आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।गत बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा २०० रुपैयाँले नै बढ्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने बिहीबारको मूल्यमा पाँच रुपैयाँले मात्र बढ्दै एक हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
[sidebar name="button post"]









