आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२९ पौष, काठमाण्डौ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको पाइन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।