घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

२१ मंसिर, काठमाण्डौ। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

[sidebar name="button post"]