नेपाल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२० मंसिर, काठमाण्डौ। नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले २१ मंसिरमा बुक क्लोज गर्ने भएको छ । नेप्सेमा सोमबारसम्म कायम रहेका सेयर धनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश पारित गर्न २ पुस साधारणसभा आह्वान गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने साधारणसभाकाे एजेण्डा छ ।

[sidebar name="button post"]