घट्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

७ मंसिर, काठमाण्डौ। साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको थियो ।

[sidebar name="button post"]