सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, ताेलाकाे कति पुग्यो ?

६ मंसिर, काठमाण्डौ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ७००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० कायमभएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९३ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २७० पुगेकोे महासंघले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।

[sidebar name="button post"]