Ad #144479

२६ कार्तिक, काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार ४०० पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० तोकिएको छ ।

त्यस्तै चाँदीको मूल्य रु १५ ले बढेर एक हजार २८५ तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।