२४ कार्तिक, काठमाण्डौ। प्रभु बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेका हो ।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद गरी १२.८३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।












