घट्यो सुन चाँदीकै मूल्य, कति पुग्यो तोलाको ?

१० कार्तिक, काठमाण्डौ। साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा आज ६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ ।