सुनको मूल्य स्थिर, चाँदीको घट्यो

५ कार्तिक, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।