२४ असोज, काठमाण्डौ। साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २५० रुपैयाँ छ ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।












