एकैदिन सुनको भाउ ९०० रुपैयाँले बढ्यो

१५ असोज, काठमाण्डौ। नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो ।

तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार १२० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

[sidebar name="button post"]