१३ असोज, काठमाण्डौ। नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज बुधबार तोलाको १०० रूपैयाँ घटेर ८८ हजार ९०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन आज प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थीर छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]











