१२ असोज, काठमाण्डौ। साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार ७०.०१ अंकले ओरालो लागेको हो।
मंगलबार कारोबारका लागि बजार खुलेदेखि लगातार ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१५.४० को बिन्दुमा झर्यो ।
त्यस्तै राम्रा कम्पनीहरुको बजार मापक परिसूचक सेन्सेटिभ पनि ११.४२ अंकले घटेर ४९४.९१ को बिन्दुमा पुगेको छ । यो साता लगातार दोहोरो अंकले नेप्से परिसूचकमा गिरावट आएको छ ।
मंगलबार सबैभन्दा धेरै दुईवटा कम्पनी नेपाल हाइड्रो डेभलोप्मेन्ट लिमिटेड र हिमालयन पार्टनर लिमिटेडको मूल्यमा गिरावट आएको छ । यी दुबै कम्पनीका शेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ ।
मंगलबार १३ वटै उपसमूहको मूल्यमा गिरावट आएको छ ।यसदिन २१८ कम्पनीका १३०३४८२८ कित्ता शेयर किनबेच हुँदा ५,७४,५४,८८,१७९ रुपैयाँको कारोबार भएको छ ।












