Ad #144479

६ असोज, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।

आज छापावाल सुन प्रतितोला ९०० रूपैयाँ बढेर ९० हजार १०० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला २५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।