आज सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले बढ्यो

२८ भदौ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज ३०० रूपैयाँ बढेर ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।