२७ भदौ, काठमाण्डौ। साताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।












