सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर

२१ भदौ, काठमाण्डौ। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ ।

तोलामा एक सय रुपैयाँले घटेर सुनको मूल्य आज ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम गरेको छ ।