सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

२० भदौ, काठमाण्डौ। नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज​ सुनकाे मूल्य तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजबी सुनको मूल्य समेत ६०० रुपैयाँले नै बढ्दै ९१ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।