सुनकाे मूल्य दुई सय रुपैयाँले घट्याे

१७ भदौ, काठमाण्डौ। साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधाबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा १२ सय ५ रुपैयाँ निर्धारण गरिएको छ ।