नेपाली बजारमा आज सुनचाँदीकै मूल्यमा गिरावट

१६ भदौ, काठमाण्डौ। नेपाली बजारमा आज सुनचाँदी दुबैको बजार मूल्य घटेको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले सस्तिएको हो ।

आज छापावाल सुन प्रतितोला २०० रूपैयाँ घटेर ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १० रूपैयाँले घटेर १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।