सुनको मूल्य चार सय रुपैयाँले घट्यो

१५ भदौ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।

तोलामा चार सय रुपैयाँले घटेर सुनको मूल्य आज ९१ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।