सुनकाे मूल्य दुई सय रुपैयाँले घट्याे, चाँदी स्थिर

१० भदौ, काठमाण्डौ। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । तोलामा २ सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदीको मूल्य १२१० मा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।