आज तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

८ भदौ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको जनाएको छ । आज छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सनुको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ कायम भएको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोलामा १० रुपैयाँले बढेर तोलामा एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।