सुनकाे मूल्य दुई सय रुपैयाँले बढ्याे

७ भदौ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य दुई सय रूपैयाँले बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज २०० रूपैयाँ बढेर ९१ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले बढेको छ । आज चाँदी १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।