नेपाली बजारमा सुन तोलामा रु. ४०० रुपैयाँले सस्तियो

३ भदौ, काठमाण्डौ। नेपाली बजारमा आज सुन तोलामा ४०० रुपैयाँ सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ४०० रुपैयाँले नै सस्तिँदै ९० हजार ३०० रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य भने अधिकतम २५ रुपैयाँले घट्दै बिहीबार एक हजार १८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।