सुनको मूल्यमा सामान्य वृद्धि

२ भदौ, काठमाण्डौ। सुनको मूल्य सामान्य रुपमा बढेको छ। आज छापावाल सुन प्रति तोलामा दुई सय रुपैयाँले बढेर ९१ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले बढेर ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य आज घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएकोमा मंगलबार ५ रूपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।