आज सुनको मूल्यमा सामान्य गिरावट

३२ श्रावण, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज छापावाल सुन प्रति तोलामा एक सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएकोमा सोमबार ५ रूपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।