सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढ्यो

३१ श्रावण, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

प्रति तोलामा एक हजारले बढेर ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।