२८ श्रावण, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासघंका अनुसार आज छापावाला सुन ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ९५० कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य भने स्थिर छ । बुधबार प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।












