२६ श्रावण, काठमाण्डौ। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ८८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।












