सुनको मूल्य स्थिर, चाँदी प्रतितोला १० रुपैयाँ बढ्यो

२१ श्रावण, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर भएको छ ।

गत बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

त्यस्तै तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने गत बुधबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै बिहीबार एक हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।