आज सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले सस्तियो

१९ श्रावण, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर भएको छ । गत सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

त्यस्तै तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने केहि दिनयताको स्थिरता तोड्दै मंगलबार प्रतितोला १० रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।