सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्यो

१३ श्रावण, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

[sidebar name="button post"]