सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

११ श्रावण, काठमाण्डौ। नेपाली बजारमा साताको दोस्रो दिन आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएकोमा आज ९२ हजार १०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थीर छ । चाँदी आज तोलामा १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]