आज पनि बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ कारोबार ?

२३ असार, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । १० रुपैयाँले घटेर चाँदीको भाउ आज तोलामा १३ सय २० रुपैयाँमा झरेको छ ।

[sidebar name="button post"]