१८ असार, काठमाण्डौ। नेपाली बजारमा आज सुनको भाउ ५ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको हो।
त्यस्तै आज तेजाबी सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ हिजो जस्तै आज तोलाको १ हजार ३१० रुपैयाँ तोकिएको छ ।
[sidebar name="button post"]











