तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, आज कति पुग्यो तोलाको ?

१६ असार, काठमाण्डौ। आज नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य आज प्रतितोला ५५० रुपैयाँले घट्दै प्रतितोला ८९ हजार ५५० सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

[sidebar name="button post"]