३०० रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

९ असार, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ७०० रुपैयाँमा झरेको हो । आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्य पनि आज ५ रुपैयाँले घटेको छ । साताको कोरोबारको चौथो दिन आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]