६ असार, काठमाण्डौ। नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मुल्य पनि आज १५ रुपैयाँले घटेको छ । साताको कोरोबारको पहिलो दिन आज चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]











